नदेखिएको चिट्ठी
Unseen Letter
यो संसारमा सबै पाउन सकिन्छ कोसिस गर l
यो वाक्य सबैले सुनेकै वाक्य हो र सबैलाई पत्यार नलागेको वाक्य पनि हो l म आज एउटा यस्तो कहानी भन्छु l

एक केटो थियो सानो गाउँको, बच्चा देखि नै प्रतिष्पर्धी र उसमा सबै कुरा पाउन सकिन्छ भन्ने सोच थियो l धेरै कुरा सहन गर्थ्यो एक्लै बांच्न सक्थ्यो l उसमा कुनै मिसावट थिएन न माया को न घृणाको, लाग्थ्यो यस्तै बित्छ जीवन, तर एक पलमा जीवन परि वर्तन हुन्छ l
मायाको आभाष हुन्छ l रमाईला रमाईला सपना देख्छ तर एक दुइ दिनमै सबै सखाप हुन्छ l त्यो मायालाई खोज्न खोज्छ तर कहि पनि भेट्टाउदैन l तड्पन्छ, सिसा औला काट्छ, त्यतिकै बौलाउछ l राति सुत्न खोज्छ सुत्न सक्दैन, फोन गर्न खोज्छ लाग्दैन l सारा संसार अध्यारो देख्छ, बलेको बत्तीमा हेरेर टोलाउछ l तिन चार दिन सम्म खान खादैन उसलाई भोक नै हुदैन l

उसलाई धेरै समस्या छ तर सुन्ने मान्छे हुदैनन , सबै आफ्नै जीवनमा ब्यस्त हुन्छन, घरबाट राम्रो पढ भन्छन, साथीभाईहरु चिन्ता नले मात्रै भन्छन तर उसलाई बाच्ने आधारनै नभएको आभाष हुन्छ l आफैलाई चोट पुर्याउन खोज्छ, आफै बाट भाग्न खोज्छ घन्टौ दौडिन्छ तर अन्त्यमा छाया आफै सामु देख्छ l मनबता बाट बिश्वास उठ्छ, र नया नया धर्मको पछी लाग्छ, बाबाको उपासक हुन्छ l जीवन खोज्न चर्च, मस्जित, गुम्बा र मन्दिरमा पस्छ l त्यहाँ पनि सबै जिउदो लास देख्छ l
उ भरि सहरमा एक्लो हुन्छ, अब उ जिउनको समय कटाउन कुलत खोज्छ, तर उ आफै नशामा हुन्छ कुनै पनि नशा उसमा काम गर्दैन l

उ संसारबाट टाढा जान खोज्छ, मर्न चाहन्छ र आतंककारी संग सम्पर्क गर्न खोज्छ l खोज्दै जादा उ एक समुह संग सम्पर्क हुन्छ l जो आत्मघति बम्ब बिस्पोट गराउनको लागि मान्छे खोज्दै हुन्छन l उ त्यहाँ जान तयार हुन्छ तर
त्यतिकैमा सानो सानो अरबिक बहिनी संग सम्पर्क हुन्छ l उ उसलाई दाइ भन्छ, भन्छ मलाई कालो यो कपडा लगाउनु छैन l मा एक दिन कोरिया जाने छु , सोल घुम्नेछु, कोरियन लुगा लगाउने छु र मा तपाइको देशमा आएर हिमाल हेर्नेछु र हिउ खेल्ने छु l

उ त्यो बहिनि संग र अर्को संग त्यतिकै सम्बन्धमा हुन्छ l एक समुह उसलाई आत्मघाती लडाकु देख्छ भने बहिनी उसलाई एक सच्चा दाइ l बहिनि सधै बिद्यालय जान्थ्यो, बिहान उठ्ने बित्तिकै Good Morning भन्थ्यो , बिद्यालय जाने बेला Bye Bye भन्थ्यो l
एक दिन अचानक बहिनीले Good Morning भन्दैन, Bye Bye भन्दैन l उसलाई अचानक के भयो जस्तो लाग्छ l
बेलुकी समाचार देख्छ l त्यो सहरमा आत्मघाती बम्ब बिस्पोट भएर १०० बिध्यर्थिहरुको मृतु र मृतु हुनेमा उसलाई दाइ भन्ने केटिको पनि हुन्छ l
उ फेरी रुन्छ, कराउछ उसमा फेरी मानवतामा बिश्वास पलाउछ l प्रत्येक धर्ममा धर्म देख्छ, प्रत्येक मन्दिरमा भगवान देख्छ l उ एक्लो कोठामा भरि संसार देख्छ l प्रत्येक जनावर र मान्छेमा माया देख्छ l उ नया संसारमा हुन्छ l उ एल्कै हिड्दा पनि सारा संसार हुन्छ l उ अब एक फूल लिएर हिदछ l
#Teaser