स्वप्न संसार
बादल माथीको संसार अलिक चम्किलो छ l
बादल मुनिको संसार साझ जस्तो अध्यारो छ l बिजुली बत्तीले सजिएको माथिको संसार अलिक
खुशी जस्तो छ l हरेक संग रमाइलो गर्ने साधन त छ, तर त्यसले खुसी पार्न सकेको छैन l
देख्छु सबै आ-आफ्नो कामको हतारो छ l न त कुनै व्यवहार छ न त कुनै विचार छ l
सौचालित यन्त्र जस्तो जीवन छ l बादल मुनि एउटा मान्छे बसिरहेको छ l घरीघरी ऊ बादल
माथी हेर्छ र कल्पनामा हराउने गर्छ, एक दिन ऊ पनि बादल माथी पुग्नेछ l सबैलाई
एउटा कथा भन्दै हिड्छ “तपाईहरु यस्तो गर, यो कर्मले तिमि बादल माथी पुग्नेछौ l त्यहा सबै सुख सुबिधा छ l खै म त देख्दैन
सुख, त्यहाँ त केवल यन्त्रवत जीवन छ l
![]() |
| Patan Darbar Square before Earthquake: by DHiraj Bohara |

No comments:
Post a Comment