Monday, May 9, 2016

स्वप्न संसार Dreaming world

स्वप्न संसार

बादल माथीको संसार अलिक चम्किलो छ l बादल मुनिको संसार साझ जस्तो अध्यारो छ l बिजुली बत्तीले सजिएको माथिको संसार अलिक खुशी जस्तो छ l हरेक संग रमाइलो गर्ने साधन त छ, तर त्यसले खुसी पार्न सकेको छैन l देख्छु सबै आ-आफ्नो कामको हतारो छ l न त कुनै व्यवहार छ न त कुनै विचार छ l सौचालित यन्त्र जस्तो जीवन छ l बादल मुनि एउटा मान्छे बसिरहेको छ l घरीघरी ऊ बादल माथी हेर्छ र कल्पनामा हराउने गर्छ, एक दिन ऊ पनि बादल माथी पुग्नेछ l सबैलाई एउटा कथा भन्दै हिड्छ “तपाईहरु यस्तो गर, यो कर्मले तिमि बादल माथी पुग्नेछौ l त्यहा सबै सुख सुबिधा छ l खै म त देख्दैन सुख, त्यहाँ त केवल यन्त्रवत जीवन छ l 
Patan Darbar Square before Earthquake: by DHiraj Bohara