Friday, June 8, 2018

Chocolate & Life

Box of chocolates

Life is like a box of chocolates
You never know what
You'll get before you eat one
In life too, you never know what
Kind of result you'll get
Until you try your best
And see to it until the end
But even if the chocolate you' ve
Just eaten is a bitter rum chocolate
Don't be disappointed and feel down
Since that means there are
Still lots of sweet chocolate left.

Thursday, January 4, 2018

नदेखिएको चिट्ठी 

Unseen Letter 

यो संसारमा सबै पाउन सकिन्छ कोसिस गर l
यो वाक्य सबैले सुनेकै वाक्य हो र सबैलाई पत्यार नलागेको वाक्य पनि हो l म आज एउटा यस्तो कहानी भन्छु l 
एक केटो थियो सानो गाउँको, बच्चा देखि नै प्रतिष्पर्धी र उसमा सबै कुरा पाउन सकिन्छ भन्ने सोच थियो l धेरै कुरा सहन गर्थ्यो एक्लै बांच्न सक्थ्यो l उसमा कुनै मिसावट थिएन न माया को न घृणाको, लाग्थ्यो यस्तै बित्छ जीवन, तर एक पलमा जीवन परि वर्तन हुन्छ l
मायाको आभाष हुन्छ l रमाईला रमाईला सपना देख्छ तर एक दुइ दिनमै सबै सखाप हुन्छ l त्यो मायालाई खोज्न खोज्छ तर कहि पनि भेट्टाउदैन l तड्पन्छ, सिसा औला काट्छ, त्यतिकै बौलाउछ l राति सुत्न खोज्छ सुत्न सक्दैन, फोन गर्न खोज्छ लाग्दैन l सारा संसार अध्यारो देख्छ, बलेको बत्तीमा हेरेर टोलाउछ l तिन चार दिन सम्म खान खादैन उसलाई भोक नै हुदैन l 
उसलाई धेरै समस्या छ तर सुन्ने मान्छे हुदैनन , सबै आफ्नै जीवनमा ब्यस्त हुन्छन, घरबाट राम्रो पढ भन्छन, साथीभाईहरु चिन्ता नले मात्रै भन्छन  तर उसलाई बाच्ने आधारनै नभएको आभाष हुन्छ l आफैलाई चोट पुर्याउन खोज्छ, आफै बाट भाग्न खोज्छ घन्टौ दौडिन्छ तर अन्त्यमा छाया आफै सामु देख्छ l मनबता बाट बिश्वास उठ्छ, र नया नया धर्मको पछी लाग्छ, बाबाको उपासक हुन्छ l जीवन खोज्न चर्च, मस्जित, गुम्बा र मन्दिरमा पस्छ l त्यहाँ पनि सबै जिउदो लास देख्छ l 
उ भरि सहरमा एक्लो हुन्छ, अब उ जिउनको समय कटाउन कुलत खोज्छ, तर उ आफै नशामा हुन्छ कुनै पनि नशा उसमा काम गर्दैन l 
उ संसारबाट टाढा जान खोज्छ, मर्न चाहन्छ र आतंककारी संग सम्पर्क गर्न खोज्छ l खोज्दै जादा उ एक समुह संग सम्पर्क हुन्छ l जो आत्मघति बम्ब बिस्पोट गराउनको लागि मान्छे खोज्दै हुन्छन l उ त्यहाँ जान तयार हुन्छ तर 
त्यतिकैमा सानो सानो अरबिक बहिनी संग सम्पर्क हुन्छ l उ उसलाई दाइ भन्छ, भन्छ मलाई कालो यो कपडा लगाउनु छैन l मा एक दिन कोरिया जाने छु , सोल घुम्नेछु, कोरियन लुगा लगाउने छु र मा तपाइको देशमा आएर हिमाल हेर्नेछु र हिउ खेल्ने छु l

उ त्यो बहिनि संग र अर्को संग त्यतिकै सम्बन्धमा हुन्छ l एक समुह उसलाई आत्मघाती लडाकु देख्छ भने बहिनी उसलाई एक सच्चा दाइ l बहिनि सधै बिद्यालय जान्थ्यो,  बिहान उठ्ने बित्तिकै Good Morning भन्थ्यो , बिद्यालय जाने बेला Bye Bye भन्थ्यो l 
एक दिन अचानक बहिनीले Good Morning भन्दैन, Bye Bye भन्दैन l उसलाई अचानक के भयो जस्तो लाग्छ l 
बेलुकी समाचार देख्छ l त्यो सहरमा आत्मघाती बम्ब बिस्पोट भएर १०० बिध्यर्थिहरुको मृतु र मृतु हुनेमा उसलाई दाइ भन्ने केटिको  पनि हुन्छ l 
उ फेरी रुन्छ, कराउछ  उसमा फेरी मानवतामा बिश्वास पलाउछ l प्रत्येक धर्ममा धर्म देख्छ, प्रत्येक मन्दिरमा भगवान देख्छ l उ एक्लो कोठामा भरि  संसार देख्छ l प्रत्येक जनावर र मान्छेमा माया देख्छ l उ नया संसारमा हुन्छ l  उ एल्कै हिड्दा पनि सारा                                            संसार हुन्छ l उ अब एक फूल लिएर हिदछ l
#Teaser